काठमाण्डौं-निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ । निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ । यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो । यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ ।


ADVERTISEMENT


निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०/७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो । तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४/७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो । दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो । तर अहिले घटेको छ ।

आव २०७३/७४ को पहिलो चार महिना (साउन-कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो । तर चालू आव २०७४र७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमै पर्याप्त उत्पादन भएकाले आयात घटेको हो ।-आजको अन्नपुर्ण पोष्टबाट