काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९/८०का लागि ल्याएको बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बजेट प्रस्तुत भएपछि संसदमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले आफ्नो सीमा र हैसियत बिर्सिएर बजेट आएको दाबी गरे । पौडेलले भने, ‘यो सम्पूर्ण रुपमा अनुत्तरदायी छ, हावादारी छ । यसले सरकारको सीमालाई पनि बुझ्न सकेको छैन ।’


ADVERTISEMENT

# # #


देश प्रदेश र संघीय चुनावको संघारमा आएको र वर्तमान सरकार चुनावी सरकार भएको बताउँदै उनले भने, ‘स्वयम् अर्थमन्त्रीले चुनावका निम्ति पनि बजेट प्रस्तुत गर्नुभएको छ । चुनावी सरकार, जसको आयू ५ महिना हुन्छ, उसले दीर्घकालीन प्रकृतिका, ५ महिना होइन ५ वर्ष, २५ वर्षका योजनाहरु अघि सारेको छ । यसले आफ्ना सीमा, हैसियन बटुलेर आएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारको अर्थमन्त्रीको हैसियतलाई दुरुपयोग गरेर बजेटमा चुनावमा भोट बटुल्ने नियतले बजेट ल्याइएको जिकिर गरे । उनले बजेट आकारका दृष्टिकोणले सुन्निएको, विनियोजनका दृष्टिकोणले हावादारी भएको टिप्पणी गरे ।

जनता र राष्ट्रप्रति अनुत्तरदायी भएर बजेट आएको दाबी गर्दै पौडेलले बजेटमा कुनै कुनै पनि सकारात्मक नभएको उनले दाबी गरे । मुलुक भयानक आर्थिक संकटको डिल रहेका बेला बजेटमा समावेश भएका दीर्घकालीन महत्वका आयोजनाहरु हावादारी प्रकृतिका रहेको समेत उनले जिकिर गरे ।

उनले भने, ‘यहाँहरुले सुन्नुभयो होला, कोशी र कर्णाली नदी जोड्ने रे ! अहिले यो सकारले सार्नुपर्ने, सार्न सक्ने काम हो यो ? एकातिर मुलुककले एक प्रकारका समस्याहरुको सामना गरिरहेको छ, अर्कोतिर कोसी कर्णाल नदी जोड्ने प्रकारका योजनाहरु अघि सारिएको छ । यस हिसाबले यो सम्पूर्ण रुपमा हावादारी छ ।’

उनले बजेटको स्रोतको अनुमानमा राजश्व परिचालनका दृष्टिकोणले वा अन्तथर्राष्ट्रिय ऋण र सहयोग परिचालनका दृष्टिकोणले सुन्निएको र विनियोजनका दृष्टिकोणले हावादारी बजेट आएको बताए ।