काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।


ADVERTISEMENT


बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।


ADVERTISEMENT

# # #


उनले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।