काठमाण्डौं-दोस्रो चरणको चुनावका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । मौन अवधिमा दलले कुनै पनि चुनाव प्रचारप्रसारका काम गर्न पाउनेछैनन् ।


ADVERTISEMENT


निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइनेछैन । मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न भएका प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ ।


ADVERTISEMENT

# # #


म्यासेज, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमा विद्युतीय माध्यमद्वारा मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा उम्मेदवार र दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।