काठमाडौं – कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ  इन्टरप्रिनरसिप डेभ्लभ्मेन्ट प्रोग्राम (Entrepreneurship Development Program)  सञ्चालन गरिएको थियो ।


ADVERTISEMENT


सो कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक श्री विश्वेश्वर सुवेदीर प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत  श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी श्री घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतले बताए ।