काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला  ९७ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला  ४०० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार १०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार ७०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ रुपैयाँले बढेर  एक हजार २६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।