काठमाडौँ- भारतीय सर्वाेच्च अदालतका अधिवक्ता सन्तोष शुक्ला ब्रिटिश संगठनको ‘वल्र्ड बुक अफ रेकर्डस’ मा सीइओको रुपमा नियुक्त भएका छन् । उनलाई हालै संगठनको केन्द्रीय कार्यसमितिले सीइओमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


कार्यभार सम्हाल्दै शुक्लाले उक्त संगठन ७५ भन्दा बढी देशहरुमा पुर्‍याउँदै विश्वभरका मानिसबीच क्षमता अभिवृद्व गर्नका लागि विशेष संस्करणहरू प्रकाशन गरिने बताए ।


ADVERTISEMENT

# # #


व्यापारीक क्षेत्रमा समेत उत्तिकै सक्रिय शुक्लाकै नेतृत्वमा संगठनले यसअघि नै २५ देशहरुमा बलियो नेटवर्किङ्गका साथ आफ्नो पहुंच बनाइसकेको छ । भर्खरै पाँच वर्षको सफल अवधि पूरा गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ ले नवनियुक्त सीइओ शुक्लाको कार्यकालमा थप उचाई लिने विश्वास गरिएको छ ।