काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।


ADVERTISEMENT

# #


त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।


ADVERTISEMENT

#
#


दसैँपछि घटेको सुनको मूल्यमा पुनः वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन हुँदै आएको छ।