काठमाडौँ–नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापक रहेको ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको आकार वृद्वि भएको छ ।


ADVERTISEMENT


क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको आकार वृद्वि गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


जसअन्तर्गत यसअघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रु. ५० करोड अर्थात् ५ करोड इकाई हुदैँ आएकोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएपश्चात् सो आकार १ अर्ब अर्थात् १० करोड इकाइमा कायम भएको छ ।

क्यापिटलका अनुसार, १७ जेष्ठ २०७९ गतेका दिनदेखी लागु भएको सो योजनाको इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिनेछ ।

यस्तै, योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोहि कार्यालयहरुमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।