काठमाडौँ– लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ वार्षिक उत्सव सम्पन्न गरेको छ । ।
२०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भै विधिवतरुपमा स्थापना भएको कम्पनीले आज वार्षिक उत्सव मनाएको हो । कम्पनीको सातौ वार्षिक उत्सवको अवसरमा संस्थाले आफ्नै भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने काठमाण्डौको हात्तीगौडा स्थित सडक बाल बालिका तथा अनाथ पुनस्र्थापना केन्द्र लाई सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु उपलब्ध गराएको थियो ।
त्यस्तै गरी विभिन्न शाखा कार्यालयहरुबाट स्थानीय स्तरका विद्यालयहरुमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ३९ जिल्लाहरुमा ५४ वटा शाखा कार्यालयहरु मार्फत ६० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थप १० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।