काठमाडौं – चुनावी प्रचारका क्रममा अज्ञात समूहको विस्फोटमा परी काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ९ जना घाइते भएका छन्। सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको थियो।


ADVERTISEMENT


विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको प्रहरीले जनाएको छ। थापासहित ९ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।


ADVERTISEMENT

# # #


काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरे जनाएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।