काठमाडौँ – काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।


ADVERTISEMENT


घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार आज साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा उक्त घटना भएको हो ।

मैनालीले किशोरीको बायाँ खुट्टा जली ‘फ्याक्चर’ भएको तथा दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जनाइएको छ । दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।