काठमाडौँ– स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपाल लिमिटेडबीच व्यवसायिक सम्झौता सम्पन्न भएको छ । आइतबार एक समारोहबीच यी दुई संस्थाबीच व्यवसायिक सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT


सम्झौताअनुसार, बैंकले युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउनेछ । जसबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । त्यसबाट सेवाग्राहीले सम्पूर्ण चालू पूँजीलाई समेट्दछ, जसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्ने बैंकको भनाई छ ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससीबी नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित जनाए । ‘हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छा’, उनले भने ।

यस्तै, युएनएलका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले पनि वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको बनाउँदै यसले जीवनलाई जीवन्तता प्रदान गर्ने जनाए । ‘हाम्रा ब्राण्डहरुको आपूर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको छ । वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत हो र हाम्रा ग्राहकहरुको महत्वपूर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा हामी अत्यन्त उत्साहित पनि छौं’, उनले सुनाए ।

उक्त सम्झौता अत्यन्त समयपरक सान्दर्भिक तथा उपयुक्त मानिएको छ । विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ स्ट्याण्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।