काठमाडौँ – अवैध रुपमा सुन भित्र्याउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपडामा खोल राखी खोलभित्र लेप बनाएर अवैध रुपमा सुन ल्याउने दुई जना र सम्पर्कमा रहेका ५ गरी सात जनालाई पक्राउ गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पक्राउ परेका व्यक्तिका साथ ८ सय ७८ ग्राम तेजावी सुन बरामद भएको उनले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको कुँवरले जानकारी दिए ।

त्यस्तै प्रहरीले डेड महिना पहिला काठमाडौंमा एकव्यक्तिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । त्यस्तै अवैध रुपमा हुन्डी कारोवार गर्ने जयकमल साहलाई ३७ लाख रुपैयासहित कालिमाटीबाट पक्राउ गरिएको कुँवरले बताए ।