काठमाडौँ– फेसबुकमार्फत चिनजान भई प्रेममा फसेकी एक किशोरीले आफ्ना प्रेमीलाई विश्वास गर्दा बलात्कारको शिकार बन्न पुगेकी छन् । बाँकेकी १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीको निमन्त्रणामा जन्मदिन मनाउन जाँदा सामूहिक बलात्कारको शिकार बनेकी हुन् ।


ADVERTISEMENT


प्रहरीले बलात्कारको अभियोगमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमी भनिने हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, राप्ती गाउँपालिकाकी ती किशोरी फेसबुकबाट सम्बन्ध शुरु भएको प्रेमीको निमन्त्रणामा उनको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोला गएकी थिइन् । सोहि क्रममा उक्त समूहले दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको हो । किशोरीमाथि दुईदिनसम्म निरन्तर बलात्कार भएको अनुसन्धानबाट खुलेको छ ।

बलात्कारबाट बेहोश भएकी ती किशोरीलाई  मोटरसाइकलमा हालेर लैजाने क्रममा नै उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।