काठमाडौं – नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पा ७ सय ३५ मत ल्याएर विजयी भए ।


ADVERTISEMENT


उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १ सय २२ मत मात्र प्राप्त गरे । यस्तै, संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४ सय २८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रतिस्पर्धी माया शेर्पाले ४ सय २३ मत ल्याइन् ।


ADVERTISEMENT

# # #


यसैगरी प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावाजाङ्बु शेर्पा निर्वाचित भएका छन् । यस्तै, महासचिवमा मोहन लम्साल विजयी हुँदा सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भए ।

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । संघको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाताले मात्र मतदान गरेका थिए। रासस