काठमाण्डौं-भारतीय चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा हिजो सांझ निधन भएको छ ।


ADVERTISEMENT


मृगौलाको रोगबाट पीडित भएका कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कपुर केही वर्षदेखि मृगौलाको रोगबाट ग्रसित थिए । कपुरका परिवारजनले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको अन्त्येष्टि भोलि बिहान हुने परिवारजनले बताएका छन् ।

कपुरको मृत्यु प्रति बलिउडका कलाकार, शुभचिन्तक लगायतले माइक्रोबल्गिङ साइट ट्विटर र फेसबुक मार्फत समवेदना दिएका छन् ।

५० को दशकबाट फिल्म खेल्न सुरु गरेका कपुरलाई ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिन्थे । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेलेका छन् ।

उनका जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका फिल्म चर्चित छन् ।