काठमाण्डौं-आगामी बिहीबार दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानमा खटिने कर्मचारी निर्वाचन सामाग्री लिएर खटाईएको मतदान केन्द्र तर्फ लागेका छन् । हिजोबाट मतदानका लागि कर्मचारी र सुरक्षाकर्मी परिचालन सुरु गरिएको हो । निर्वाचनको सबै तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।


ADVERTISEMENT

# # #


मतदानका लागि खटिने कर्मचारी चलानी भई सकेका र अधिकांश ठाउँमा कर्मचारी पुगी सकेको उनले बताए । इच्छाकामना, कालिका र राप्ती नगरपालिकाका केही बस्ती भौगोलिक रुपमा विकट भएकाले त्यहाँ भोलि सम्म कर्मचारी पुग्ने छन् । संवेदनशील क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाईएको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार जिल्लाभर ४ सय ८ मतदान केन्द्र रहेका छन् । मतदानस्थलको संख्या १ सय ६१ छ । ४ सय ८ मतदान अधिकृत र त्यतिनै संख्यामा सहायक मतदान अधिकृत परिचालन भएका छन् । सहायक कर्मचारी १२ सय १९ छन् भने ८ सय १६ जना कार्यालय सहयोगी रहेका छन् ।

१ हजार ६ सय २७ जना स्वयमसेवक परिचालन हुने छन् । जिल्लामा ३ वटा निर्वाचन क्षेत्र छन् । जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले सुरक्षा ब्यवस्था कडा पारिएको बताए ।

उनले भोलिबाट चुनावलाई मध्यनजर गर्दै ८ बजे पछि होटल तथा रेष्टुरेण्ट बन्द गर्नु पर्ने बताए । जिल्लाका ५२ वटा मतदानस्थललाइ अति संवेदनशील क्षेत्र भित्र राखिएको छ ।