हेटौंडा – हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


भारतबाट ग्यास बोकेर आएको एनएल–०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ जाँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा बाबु–छोरीको मृत्यु भएको प्रहरी जनाएको छ।


ADVERTISEMENT

# # #


घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।