काठमाडौं – धरान जेसिज र YPard Nepal को संयुक्त आयोजनामा धरान जेसिजको सचिवालयमा दुईदिने  वर्कसप अन बेसिक अफ प्रोजेक्ट म्यानेजमेन्ट (Workshop On Basics Of Project Management) कार्यक्रम सम्पन्न भएको छ।


ADVERTISEMENT


सो कार्यक्रममा धरान तथा ईटहरी का विभिन्न कलेज का स्नातक अन्तिम बर्ष का छात्र छात्रा हरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम मा Ypard Asia pacific क्षेत्र का कार्यक्रम अधिकृत  अभिषेक खड्काले सहजकर्ता को भुमिका निभाएका थिए  भने Ypard Nepal सदस्य  सशांक पोखरेल र धरान जेसिजका उपाध्यक्ष जेसि निशान नेपाल ले संयुक्त रुपमा संयोजकको भूमिका निभाएका थिए ।


ADVERTISEMENT

# # #


यस कार्यक्रमले विद्यार्थीहरुको परियोजना निर्माण मा सहजता प्रदान गर्दछ र यस Workshop ले नेतृत्व र ब्याक्तित्व मा निखारता ल्याउने अपेक्षा धरान जेसिजका अध्यक्ष जेसि प्रतीक श्रेष्ठले बताए ।

यस कार्यक्रममा थ्उबचम का सदस्य , धरान जेसिजका पुर्व अध्यक्ष , पदाधिकारी , सदस्य, धरान का बैंक का प्रतिनिधि लगायतको सहभागिता भएको थियो । कार्यक्रम धरान जेसिजका महासचिव जेसि ऋषिराम भट्टराईले गरेका थिए ।