काठमाण्डौं(रासस)-संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।


ADVERTISEMENT


ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए ।


ADVERTISEMENT

# # #


चुनावी प्रचारमा हिँडेको जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पु¥याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए । घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए ।