काठमाडौँ – लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा परेकी छन् ।


ADVERTISEMENT


आफ्ना प्रेमी एकराज बस्नेतलाई श्रीमान् दाबी गर्दै उनकी श्रीमती र छोरीमाथि हातपात गरेको आरोपमा वलीलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको हो । हाल उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।


ADVERTISEMENT

# # #


एकराजकी पत्नी मीना भण्डारीका अनुसार, विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान् दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको आरोप छ ।

‘मेरो पोई खोई’ भन्दै ममाथि हातपात गरिन् : मीना भण्डारी

एकराजकी पत्नी भण्डारीले मन्त्री वलीले एकराजलाई आफ्नो पोई (श्रीमान्) हो भन्दै आफुमाथि हातपात गरेको प्रहरीलाई बयान दिएकी छन् । बयानमा उनले भनेकी छन्, ‘बिहानै आएर गेटमा बेस्सरी हल्लाई । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोई?’ भन्दै पर्दाहरु तानेर छिनाई । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटनाका समयमा एकराज घरमा नभएकाले मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । र, जेठाजुले नै प्रहरी बोलाएका हुन् । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले भने बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि मन्त्री वलीको एकराज बस्नेतसँग चुम्बन गरेको तस्वीर सार्वजनिक भएको थियो । यद्यपि सो तस्वीर फोटोसप गरिएको र एकराज आफ्नो भाई पर्ने भन्दै उनले खण्डन गरेकी थिइन् ।