काठमाण्डौं-भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ ।


ADVERTISEMENT


भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


डिसेम्बरमा भारतीय आयल निगम (आइओसी) बाट प्राप्त मूल्य सूचीमा साविकको भन्दा प्रतिलिटर हवाइ इन्धनमा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ ।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निगमलाई अहिले सबैभन्दा धेरै घाटा ग्यासमा छ । अहिले ग्यासमा प्रतिसिलिण्डर घाटा ग्यास २ सय ४८ रुपैयाँ ६४ पैसा पुगेको छ । डिसेम्बरअघि निगमलाई प्रतिसिलिण्डर ग्यास विक्रीमा दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा थियो ।

त्यस्तै, प्रतिलिटर डिजेलमा ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा यस्तो घाटा १४ पैसा छ । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।