काठमाडौँ – विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माण मा चासो नदेखाएको भन्दै विद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ‘भवन पुननिर्माण गर’, ‘हामी पढ्न चाहन्छौँ’, ‘भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने’, ‘इतिहास ढल्दैछ सरकार मौन छ’, शिक्षा मन्त्रालय हराएको सूचना लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु ‘क्याम्पस बचाऊ’ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।