काठमाण्डौं-निर्वाचन आयोगले दोस्रो चरणमा पर्सी बिहिबार निर्वाचन हुने ४५ जिल्लामा मतदाता परिचय पत्र बितरण कार्य आज सुरु गरेको छ ।


ADVERTISEMENT


आयोगले हरेक मतदान केन्द्रबाट बिहान ८ बजे देखी मतदाता परिचय पत्र बितरणको काम सुरु गरेको प्रबक्ता नबराज ढकालले जानकारी दिए । भदौ ३ गतेसम्म मतदाता नामावली नाम दर्ता गरी भदौ ५ सम्म १८ वर्ष उमेर पुरा गरेका एवं नामावली सच्याएका मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचय पत्र प्राप्त गर्न सक्ने प्रबक्ता ढकालले बताए ।


ADVERTISEMENT

# # #


मतदाता परिचय पत्र आज र भोली गरी २ दिन बितरण गरिने आयोगले जनाएको छ । परिचय पत्र लिन ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ । बृद्धबृद्धा र अपाङगता भएकाको हकमा भने निजको परिचय पत्रका साथ परिवारका अन्य सदस्यले पनि मतदाता परिचय पत्र लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता परिचयपत्रमा नाम दर्ता भएर समेत परिचयपत्र हराएका तथा परिचयपत्र प्राप्त गरि नसकेकाले नागरिकताको प्रमाणपत्र वा सरकारबाट जारी भएका परिचयपत्र देखाएर मत खसाल्न सक्ने छन् ।