काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल कुनै एक देशतर्फ नढल्किएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपालको चीन, अमेरिका लगायतका देशसँगको सम्बन्ध घनिष्ठ र अत्यन्तै महत्वपूर्ण रहेकाले कुनै एक देशतर्फ मात्रै नढल्किएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा सांसदहरुले नेपालले अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसीमा हस्ताक्षर गरेको, अमेरिकी आर्मी प्यासेफिकका कमाण्डर चाल्र्स ए फ्लिनको नेपाल भ्रमण र अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै नेपाल अमेरिकातिर ढल्किएको हो कि भन्ने प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्र मन्त्री खड्काले त्यसलाई अस्वीकार गर्दै नेपाल सबै मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई घनिष्ठ र सन्तुलित बनाएर जाने बताए । ‘सरकार एकातर्फ ढल्किँदा केही क्षणका लागि हाम्रो स्वार्थ पूरा होला, तर त्यसले दीर्घकालीन हित गर्दैन ।’ उनले भने, ‘त्यसकारण हामी बडो समाझदारीका साथ बडो संवेदशील भएर दुवै देशको सम्बन्धलाई सन्तुलित बनाएर हाम्रो हितमा प्रयोग गर्दै काम गछौंँ । त्यसकारण हामी कहीँ ढेल्केर केही हुनेवाला छैन ।’

यस्तै उनले चीनको एशिया र अफ्रिकाका लागि पूर्वाधार विकास रणनीति बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरई) ऋण नभई अनुदानका रुपमा लिन सरकारले पहल गरिरहेको बताएका छन् । उनले नेपालको सामर्थ्यले बीआरआई ऋणका रुपमा लिन नसकिने बताए ।

उनले भने, ‘बीआरआईको बीचमा केही प्राविधिक कुराहरु आदानप्रदान भइरहेको छ । यसमा करिब अढाई तीन अर्बको रकम भन्ने आएको छ, यसलाई ऋणमा लिनलाई नेपालको सामर्थ्यले भ्याउँदैन । यसलाई हामीले अनुदानका रुपमा लिनलाई कुटनीतिक तवरबाट कुरा पनि राखेका छौँ ।’