काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


पूर्ण समानुपातीक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुन उनको तर्क छ । देश हाल अहिलेसम्मकै अप्ठेरो परिस्थितीबाट ग्रुजीरहेको भन्दै नागरिकहरुले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सवै नागरिकले योगदान गर्नुपर्ने बेला आएको दाबी गरे । यस्तै, अहिले नेतृत्वले स्थापीत गरेको प्रणाली नै गलत भएको उनको आरोप छ ।