काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरितको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित विपरितको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसंग उर्जा जिएससंग वार्ता गर्न लगाएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘जुन काम उहाँले गर्दै हुनुहुन्छ, यो एउटा सार्वभौम देशका लागि आपत्तिजनक र निन्दनीय काम हो । यस्तो काम उहाँले बन्द गर्नुपर्छ ।’

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए । उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे ।

रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे ।