काठमाडौँ– सञ्चारकर्मीको रुपमा ख्याति कमाएका रवी लामिछानेले परिस्थितिका कारण राजनीतिमा प्रवेश गर्नुपरेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै लामिछानेले रहरले सञ्चारकर्मी बने पनि परिस्थितीले राजनीतिज्ञ बनाएको बताएका हुन् ।


ADVERTISEMENT


सम्बन्धित समाचार : स्वतन्त्र उम्मेदवारबाट राजनीतिमा प्रवेश गर्दै रवी लामिछाने, ग्यालेक्सीबाट लिए बिदा


ADVERTISEMENT

# # #


‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ लिन खोजिन । बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरेँ’, भिडियोमा उनले भनेका छन्, ‘अब म आफ्नो आवाजलाई टिभीबाट संसदमा पुर्‍याउन चाहन्छु। म रहरले सञ्चारकर्मी भएको हुँ ,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो ।’

आजबाट पूर्ण रुपमा राजनीतिमा प्रवेश गरेको जानकारी गराउँदै उनले असार ७ गते, १ बजे राष्ट्रिय सभागृह मा भेट्ने बताएका छन् ।