काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा  “परिवर्तित भू-राजनीतिक परिदृष्य तथा नेपालको अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।


ADVERTISEMENT


संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल  नेपालका प्रहरी महानिरीक्षक , राजु अर्यालको आपसी समन्वय एवं समझदारी बमोजिम सुरक्षा सम्बन्धी महत्वपूर्ण एवं समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका नीतिगत तहका प्रहरी अधिकृतहरुलाई संयुक्त रुपमा प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम राखी संस्थागत सहकार्य प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपालका सुरक्षाविद  गेजा शर्मा वाग्लेलाई आमन्त्रण गरी प्रस्तुती तथा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत अन्य बरिष्‍ठ प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।

कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले प्रमुख वक्ता सुरक्षाविद गेजा शर्मा वाग्ले, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक लगायत उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद् ज्ञापन गरे ।