काठमाडौं-डोल्पाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमपातका कारण जिल्लको उच्च भेगमा बस्ने स्थानीयको जनजीवन प्रभावित भएको छ । डोल्पाका उच्च हिमाली बस्तीहरु धो, छार्का, तिन्जे, भिजेर, मुकोट, साल्दाङ र फोक्सुण्डोका विभिन्न गाउँहरुमा मंगलबार दिउँसोदेखि हिमपात हुन सुरु भएको छ ।


ADVERTISEMENT


हिमपातका कारण तीे जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् । नेपालको अति दुर्गम र विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पाका गाउँ बस्तीहरुमा आज दिउँसो १ बजेबाट हिमपात शुरु भएको स्थानीयले बताएका छन् । हिमपात विस्तारै बेसितरि झरेको स्थानीय रनलाल कुलालले बताए । उनले थपे हिमपातबाट जनजीवन प्रभावित भएको भए पनि कृषकहरुमा खुशी छाएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचनका कारण तराई झर्न ढिला भएकाले घरबाट हिंडेका माथिल्लो डोल्पाबासीहरु बाटोमै अड्किएकाले समस्या भएको माथिल्लो डोल्पाबाट मंगलवार दुनै पुगेका पेम्वा गुरुङ्ले बताए । उनले थपे माथिल्लो डोल्पाबाट तराई झर्न हिडेका धेरै मानिसहरु बाटो मै आउंदै गरेका छन् । हिमपातले उनीहरुलाई हिंड्न समस्या पारेको मात्रै छैन सम्पर्क बिहिन बनाएको छ ।

माथिल्लो डोल्पाका विभिन्न पासहरु चार्कोला, छुराङ्ला, लाङिमार, ङाराला, मरिम्ला, बगला, लुमला, शेपास लगायतका लेकहरुमा ३ फिट भन्दा बढी हिमपात भएको छ भने गाउँबस्तीहरुमा कम्तिमा १ फिट हिउँ जमिसकेको फोक्सुण्डोका आङबहादुर लामाले फोनमा बताए । उनले थपे हिमपातले माथिल्लो डोल्पा केही दिन सम्पर्क बिहिन हुनेछ । तल्लो डोल्पाका रिमी, काइगाउँ, सर्मी, ओक्ट, होर्तका गाउँहरुको माथि माथि हिमपात भैसकेको छ ।