काठमाडौं-म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा विजेता हुँदै अन्तिम १६ मा पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा जोसे युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हराउँदै समूहको शीर्ष स्थानमा पुगेर नकआउट चरणमा प्रवेश गर्‍यो ।


ADVERTISEMENT


पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । ४५ औं मिनेटमा विटिन्होको गोलबाट मस्कोलो सुरुवाति अग्रता लिएको थियो । दोस्रो हाफमा केही आक्रमक बनेको युनाइटेडले ६४ औं मिनेटमा रामेलु लुकाकुको गोलबाट खेल बराबरीमा ल्यायो । त्यसको दुई मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि विजयी गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


यो जितसँगै ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्‍यो ।