काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले सकरात्मक ऊर्जाको लागि नियमित योग अभ्यास आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबा रकाठमाडौंस्थित भारतीय दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै योगले काममा सकारात्मक ऊर्जा एवम् कार्यक्षमताको विकास गर्ने बताएका हुन् ।


ADVERTISEMENT


नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने उनको भनाई छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। देउवाले महाभारतको प्रसंग उल्लेख गर्दै योग कार्यक्रमले नेपाल र भारतको सम्बन्ध थप प्रभावकारी हुने उल्लेख गरे।


ADVERTISEMENT

# # #


जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले संयुक्त राष्ट्र संघमा राखेको प्रस्तावलाई नेपालले समर्थन गरेको समेत देउवाले स्मरण गरे। उनले योग कार्यक्रम गरेकोमा भारतीय दूतावासलाई धन्यवाद समेत दिएका छन् ।

त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने सबैलाई नियमित योग गर्न प्रेरित गरेका छन् ।त्यसैगरि, दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले पनि आफ्नो स्वागत मन्तव्यका क्रममा योगको प्राचिन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातीको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उक्त कार्यक्रम भारत आजादीको ७५ औँ दिवसको उपलक्ष्यमा ‘आजादीका अमृत महोत्सव’अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक रहेको दूतावासले जनाएको छ ।