काठमाडौँ – पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा राष्ट्रिय सभागृहमा एक कार्यक्रम गर्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोल्दै राजनीतिक जीवनलाई अघि बढाएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘आजबाट एउटा नयाँ राजनीतिक दल निर्माण गरेर, आजबाटै देश निर्माणको लागि लाग्दैछौँ । नाम, राष्ट्रिय स्वतन्त्र पार्टी ।’


ADVERTISEMENT

# # #


यस्तै उनले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरिएको बताए । चुनाव चिन्ह सार्वजनिक गर्दै उनले भने, ‘अब भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौँ । यो सुशासनको घण्टी हो । भ्रष्टहरुका लागि यो जनाउ घण्टी हो । अर्को, विकास र सुशासनको यात्राको घण्टी हो ।’

उनले प्रस्तावित नाम र चुनाव चिन्ह लिएर आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने र त्यस लगत्तै बसुन्धरा चोकमा स्थापना गरिएको पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने जनाए ।

उनले जनतालाई चाहिएजस्तो पार्टी निर्माण गरेर पूराना पार्टीको सञ्जाललाई तोड्नका लागि आफू राजनीतिमा होमिएको बताए । ‘म आम नागरिकलाई चाहिएकोजस्तो दल बनाएर, नयाँ दल निर्माण गरेर, क्षमतावान मान्छेहरुको साथ लिएर यो देशलाई नयाँ जनमत दिन तयार भएर आएको छु ।’ उनले भने ‘मलाई पूराना दलहरु, यिनको सञ्जाल र त्यहाँभित्र रहेका सम्पूर्ण कनेक्सनहरुको मेन स्वीच अफ गर्नू छ ।’

लामिछानेले अहिलेका पार्टीका सामान्य कार्यकर्ताले कालो चिया पनि खान नपाउने तर एउटा विचौयलिया नेताको बेडरुममा गएर डिल गरेर फर्किने गरेको बताउँदै उनले भने, ‘म त्यस्तो पार्टीमा जान्नँ । मलाई थाहा ट, यो बाटो गाह्रो छ । तर, मलाई थाहा छ, यो बाटो असम्भव छैन ।’

केही दिन अघि मात्रै टेलिभिजनबाट राजीनामा गरेका उनी आसन्न प्रतिनिधिसभा काठमाडौँबाट निर्वाचन लड्ने तयारीमा रहको छन् ।