काठमाडौं-झापाको अर्जुनधारा नगरपालिकामा मंगलबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।


ADVERTISEMENT


अर्जुनधारा-२ स्थित झेलेनी चोकमा बिहान पौने ९ बजे खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१ख २२४६ नम्बरको बसले स्थानीय आइन्द्र लाम्गादेका छोरा ८ वर्षीय समीरलाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाइते भएका समीरलाई बीएन्डसी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।