काठमाडौं-दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्यरातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् ।


ADVERTISEMENT

# # #


आज मध्यरातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधनभने चल्न दिइनेआयोगका प्रवक्ता नवराज ढकालले बताए ।

भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षितरूपमा केन्द्रमा पुर्‍याउनेसहितका काम बाँकी रहने हुँदा भोली राती १२ बजेसम्मसवारी साधन सञ्चालन गर्न नपाइने ढकालले बताए ।