काठमाडौं-सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ ।


ADVERTISEMENT


न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ । निर्वाचनको १० दिन अघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्चमा रिट हालेका थिए ।


ADVERTISEMENT

# # #


पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद सदस्य रहेका यादव माओवादी प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । निर्वाचन आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । विषेश अदालतले यावदलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना समेत तोकेको थियो ।

उनले आफ्नो राहदानीमा अन्य ब्यक्तिलाई विदेश पठाएको आरोपमा अख्तियारले विषेश अदालतमा मुद्दा चलाएको थियो । सरकारी कागजात किर्ते गरेको आरोप पनि यादवलाई लागेको छ ।