काठमाडौँ– पछिल्लो २४ घन्टामा नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर गरिएको १ हजार ८ सय ५२ पीसीआर परिक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


शुक्रबार कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा १ सय ८१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।