काठमाडौं – नेपालका लागि नव–नियुक्त भारतीय राजदूत  नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन्  । परराष्ट्र मामिलाका जानकार  श्रीवास्तव करियर कूटनीतिज्ञसमेत रहेका छन्  ।


ADVERTISEMENT



श्रीवास्तव काठमाडौं आउनु अघि वहाँ नयाँ दिल्लीमा चीन, जापान , कोरिया ७ मङ्गोलियक्ष मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरे ।


श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।