काठमाडौँ– सभामुख अग्नि सापकोटाले नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगायतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राखे । भ्रष्टचार भनेको कुनै बजेट र आर्थिकसंग मात्रै सम्बन्धित कुरा मात्रै नभएको भन्दै उनले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गरेका थिए ।