काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामाको औपचारिक जानकारी गराउन र विदाईका लागि आइतबार मन्त्रालयले ‘फेरि भेटौँला’कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा मन्त्री झाँक्रले हाँसो, आँसु रु ठट्टा एकैसाथ प्रस्तुत गरिन् ।


ADVERTISEMENT


कार्यक्रम सुरु भएपछि सहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले झण्डै ९ महिना सरकारमा रहँदा मन्त्री झाँक्रीले गरेका कामको विस्तृत विवरण सुनाउन सुरु गरे । मैनालीले आफ्नो कुराहरु राखिरँदा मन्त्री झाँक्री भने भावुक बन्दै गइरहेकी थिइन् ।


ADVERTISEMENT

# # #


पटकपटक सम्हाल्ने प्रयास गर्दा पनि उनका आँखा रसाइरहे । घोसेमुन्टो लगाएर कागजले आँशु पुच्छ्दै घरिघरि मुस्कुराएर स्थितिलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै थिइन् ।

यहीबीच उनलाई मन्त्रालयले मायाको चिनो प्रदान गर्यो । मन्त्री झाँक्रीले आफ्नो घरमा धेरै कुरा राख्ने ठाउँ नभएको बताइन् । जवाफमा निमित्त पद्मकुमार मैनालीले ठट्टा गर्दै भने, ‘सहरी विकास मन्त्रालयले बेग्लै राख्ने ठाउँ बनाउँला नि हामी ।’

त्यसपछि सुरु भयो मन्त्री झाँक्रीको मजाक । उनले सामाजिक सञ्जालमा केही समय पहिले मन्त्री झाँक्रीको भन्दै भाइरल बनेको घरलाई फिनिसिङ गरिदिन भनिन् । उनले भनिन्, ‘अस्ति नै सोसियल मिडियामा ठूलो घर आएको थियो नि, त्यो चाहीँ फिनिसिङ गर्दिम् न पहिले ।’

जवाफमा निमित्त मैनालीले भने, ‘भूपाल (भारत) जानुपर्छ । नागरिकता नै परिवर्तन गर्नुपर्छ ।’ त्यसपछि हलमा हाँसोको फोहोरा निस्कियो । त्यसपछि काठमाडौँ उपत्यका विकास प्राधिकरणले मायाको चिनो स्वरुप गणेशको मुर्ती प्रदान गर्यो । ग्रहण गर्दै मन्त्री झाक्रीले भनिन्, ‘भगवान् दाहिना हुने भए घर जाँदा ।’

कार्यक्रममा राष्ट्रिय आवास कम्पनी लिमिटेडका तर्फबाट पनि मन्त्री झाँक्रीलाई मायाको चिनो प्राप्त भयो । उनी झन् मजाकमा उत्रिइँदै भनिन्, ‘दुईचारवटा घडेरी दिनुभएको हो कि…कागज हेर्दा लालपूजा हो कि भनेर…।’ हलभरि हाँसो गुञ्जियो ।

त्यसपश्चात कार्यक्रम सञ्चालकले मन्त्री झाँत्रीलाई आफ्ना कुरा राख्न आग्रह गरे । धेरै चिजहरु अहिले भन्ने छैन मैँले । अब काम गर्दै जाउँला…’ उनी पुनः भक्कानिँदै उनले भनिन् ।

बोल्न नसक्ने अवस्थामा पुगेपछि उनी पत्रकारलाई पनि जम्मा दुईवटा प्रश्न राख्न आग्रह गरिन् । पत्रकारले प्रश्न गरिरहँदा पनि उनी आँसु थाम्ने प्रयास गर्दै थिइन् । यत्तिकैमा हाँसो र आँसु एक साथ खसाउँदै भनिन्, ‘कसैले रिस उठ्ने प्रश्न गर्नु न । त्यसो भयो भने म अलि सजिल्यै बोल्न सक्छु कि ।’

जवाफ दिनेक्रममा उनले आफू निकै भावुक मान्छे भएको र भावुक बनेकै कारण प्रश्नलाई पन्छाएको बताइन् । पार्टीको निर्णय अनुसार नै आफू सरकारबाट बाहिरएको बताइन् ।