काठमाडौं – शहरी विकास मन्त्री मेटमणि चौधरीलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । पदस्थापन अघि मन्त्री चौधरीलाई कर्मचारीले फूलमालाले स्वागत गरेका थिए । अहिले केहीबेरमा मन्त्री चौधरीले पदस्थापन गर्दैछन् ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।


ADVERTISEMENT

# # #


नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसै गरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका छन् ।