काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा शरद भेषवाकरले अर्धशतक पूरा गरेका छन् । उनले ७४ बलमा २ चौकाको सहयोगमा ५० रन पूरा गरेका हन् ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा नेपालले अहिले ४२.४ ओभरमा पाँच विकेट गुमाएर १५७ रनमा खेलिरहेको छ । नेपालका लागि पहिलो विकेटका रुपमा दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


नेपालका लागि पहिलो विकेटका रुपमा दिलिप नाथ १६ रन बनाएर आउट भए । यसैगरी ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २० बनाउँदा आरिफ सेख शुन्य रनमा आउट भए । उस्तै विनोद भण्डारी ६ रनमा आउट भए ।

यूएईका लागि जाहूर खानले २ विकेट लिए । यस्तै रोहन मूस्ताफा र अहमेद राजाले समान ११ विकेट लिएका छन् ।