काठमाडौँ– विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा नेपालले यूएईसामू २२२ रनको चुनौति प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरले अर्धशतक पूरा गरे ।


ADVERTISEMENT

# # #


नेपालका लागि पहिलो विकेटका रुपमा दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे । उनले ज्ञानेन्द्र मल्लसंग मिलेर ८९ बलमा ४३ रनको साझेदारी गरे ।

यसैगरी ज्ञानेन्द्र मल्लले ५४ रन बनाए । उनले ६ चौका प्रहार गरेर शरद भेषवाकरसंग ५७ बलमा ४१ रनको साझेदारी गरे । यस्तै कप्तान पारस खड्काले २० बनाउँदा आरिफ सेख शुन्य रनमा आउट भए । उस्तै विनोद भण्डारी ६ रनमा आउट भए भने राम्रो खेलेका सोमपाल कामीले १९ बलमा २० रनको योगदान दिए ।

शरद भेषवाकरले अर्धशतक पूरा गरी ८१ रनमा नटआउट रहे । उनले ९५ बलमा ५ चौकाको सहयोगमा ८१ रन बनाए । यसैगरी वसन्त रेग्मी १५ बलमा १४ रनमा नटआउट रहे ।

यूएईका लागि जाहूर खानले २ विकेट लिए । यस्तै रोहन मूस्ताफा, मोहम्मद नाभिद र अहमेद राजाले समान ११ विकेट लिएका छन् ।

यूएईका लागि जाहूर खानले २ विकेट लिए । यस्तै रोहन मूस्ताफा र अहमेद राजाले समान ११ विकेट लिएका छन् । यूएई केही बेरमै जवाफी ब्याटिङ थाल्दैछ ।