काठमाडौं – मनसुनी वायुको प्रभाव देशभर रहेकाले बुधबार बिहान सातवटै प्रदेशको अधिकांश स्थानमा वर्षाको भइरहेको छ। दिउँसो देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


ADVERTISEMENT


राति पनि सातै प्रदेशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। प्रदेश १ र कर्णाली प्रदेश बाहेकका प्रदेशका केही स्थानमा भीषण वर्षा हुन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।


ADVERTISEMENT

# # #


यी जिल्लामा बढीको जोखिम
विभिन्न जिल्लामा लगातार वर्षा भइरहेकाले त्यस क्षेत्रको नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम रहेको क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

रौतहट‚ बारा, महोत्तरी, सर्लाही, काठमाडौं‚ कास्की, स्याङजा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, प्युठान र दाङमा लगातार वर्षा भइरहेको छ। यस्तै‚ पाल्पा, अर्घाखाँची, बाँके, रुकुम, जाजरकोट, सुर्खेत‚ जाजरकोट‚ कैलाली र कञ्चनपुरमा पनि लगातार वर्षा भइरहेकाले नदी तथा खोला तटीय तथा डुबान क्षेत्र र पहिरोको जोखिम रहेको ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।