काठमाडौं – नबिल बैँकको ‘नबिल दीगो बैंकिङ’ कार्यक्रमलेले आज एक वर्ष पूरा गरेको छ ।


ADVERTISEMENT


ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण, उद्यमशीलता प्रवर्द्धन र संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ बैँकले गत वर्ष ‘नबिल दीगो बैंकिङ’ कार्यक्रम सुरु गरेको थियो ।


ADVERTISEMENT

# # #


एक वर्षमा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकले जनाएको छ । आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ ।

बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।