काठमाण्डौं-बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


घाइते हुनेमा काँग्रेस र एमाले दुवैतर्फका छन् । मौन अवधिमा पनि मतदाता प्रभावित पार्न हिँडेका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो । मौन अवधिमा पनि सुनसरीमा रातिराति उम्मेदवार र पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिड्ने गरेका थिए । सो क्रममा मोरंगको सुन्दर हरैंचामापनि केही दिनअघि झडप भएको थियो । प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।


ADVERTISEMENT

# # #