काठमाण्डौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् ।


ADVERTISEMENT


भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा बिहान सवा ७ बजे पहिलो मतदान गरेपछि दाहालले भने, ‘आजदेखि एउटा राजनीतिक अध्याय समाप्त भएको छ, अर्को अध्यायको सुरुवात भएको छ ।’ दाहालले आफ्नै गृहजिल्लामा मतदान गर्न पाउँदा आफूलाई हर्ष र खुसीको महसुस भएको बताए । ‘समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो,’ उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गरे । ‘जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनुपर्छ, यसपटक बामपन्थीको आउँछ,’ उनले भने । मुलुक संघीयताबाट पछि फर्कन नसक्ने बताउँदै दाहालले स्थायी सरकार दिन सके संघीयता कार्यान्वयन चुनौतिपूर्ण नभएको उल्लेख गरे । पार्टी एकता गर्ने संकल्पसहित वाम तालमेल भएको उल्लेख गर्दै उनले निर्वाचनपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे ।