काठमाडौं – सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ ।


ADVERTISEMENT


वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रबार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


अनुगमनका क्रममा मुलुकभरका बिभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारवाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । जसमध्ये बिभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिउको छ भने मधेश प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारवाही गरिएको बिभागले जनाएको छ ।

त्यस्तै अन्य स्थानमा पनि प्रभावकारी रुपमा अनुगमन गरिएको शर्माले बताए। त्यस्तै बजारमा चिनिको भाउ महङ्गीएको बिषयमा पनि बिभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उहाले बताए । त्यस्तै उहाले बजारमा अन्य कम्पनीको नूनको बिषयमा पनि छानविन गर्न अनुसन्धान टिम बनाएको र नूनको नमुना परिक्षणका लागि पठाइएको जानकारी दिए ।

यस्तै बिभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्रता दिने जनाएको छ ।