ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक क्याम्पेन अन्तर्गतको असार महिनाको क्याम्पेन असार १९ गते राती १२ बजे देखि २२ गतेसम्म लाइभ हुने भएको छ।


ADVERTISEMENT


यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्ने बताईएको छ।


ADVERTISEMENT

# # #


यस क्याम्पेन अन्तर्गतको ‘सेभ बिग’ योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने ‘लक्की मानी’ योजना अन्तर्गत कम्तीमा रु ३,००० बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहारमा स्मार्टफोन प्राप्त गर्नेछन्।

कम्पनीकाअनुसार असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको डिस्काउन्ट कुपन प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना पानी पर्यो अफर झर्यो अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्।

सँगसँगै सो क्याम्पेनका दिन “यसमै छ खुसी” योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।